Saturday, June 3, 2023
spot_img

राष्ट्रिय वाणिज्य बैंक गुर्भाकोटका शाखा प्रबन्धक फेरिए

पढ्नै पर्ने सामाग्री

सुर्खेत। राष्ट्रिय वाणिज्य बैंक गुर्भाकोट शाखाका प्रबन्धक चिरञ्जीवी गिरीको सरुवा भएको छ। ३ वर्षसम्म गुर्भाकोट शाखाको प्रमुख रहेर काम गरेका गिरीको जुम्ला सरुवा भएको हो।

- Advertisement -

गिरी प्रबन्धक हुँदा राष्ट्रिय वाणिज्य बैंकको गुर्भाकोट शाखा वर्गका शाखाहरु मध्ये उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको थियो। गुर्भाकोट शाखाको प्रबन्धक रहँदा गिरी राष्ट्रिय वाणिज्य बैंकका वर्गका शाखाहरु मध्ये उत्कृष्ट शाखा प्रबन्धकको रुपमा समेत पुरस्कृत भएका थिए।

बैंकको शाखा कार्यालयमा गिरीको बिदाई गर्न पुगेका शुभेच्छुकहरूसँग गिरीले आफ्नो कार्यकालभरि सहयोग, सहकार्य र समन्वय गर्ने सबैप्रति आभार व्यक्त गरे।

गुर्भाकोट शाखा प्रबन्धकको जिम्मेवारी सम्हाल्न हिक्मत बहादुर कार्की गुर्भाकोट आई काम शुरु गरेका छन्। कार्की यसअघि राष्ट्रिय वाणिज्य बैंक चौरजहारी शाखामा शाखा प्रबन्धकको रुपमा रहेका थिए।

Facebook Comments

- Advertisement -
spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments