Saturday, October 1, 2022
spot_img

गुर्भाकोटमा एमाले नेतृत्व सर्वसम्मत चयन; अध्यक्षमा खत्री र सचिवमा भट्टराई

पढ्नै पर्ने सामाग्री


सुर्खेत। नेकपा एमाले गुर्भाकोटको अध्यक्षमा देवबहादुर खत्री चयन भएका छन्। मङ्गलवार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा खत्री र सचिवमा शशिराम भट्टराई चयन भएका हुन्।

- Advertisement -

सोमवारदेखि शुरु भएको नगर अधिवेशनले पाँच सदस्यीय नगर कमिटी पदाधिकारी चयन गरेको छ। नगर अधिवेशनले अध्यक्षमा खत्री र सचिवमा भट्टराईसँगै  उपाध्यक्षमा प्रेमकुमारी राना, उपसचिवमा याम बहादुर गुरुङ र राम बहादुर शाहीलाई चयन गरेको छ।

- Advertisement -

सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले उद्घाटन गरेको नेकपा एमाले गुर्भाकोटको प्रथम नगर अधिवेशनले ६८ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको सचिव शशिराम भट्टराईले जानकारी दिए।

 

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments