Saturday, October 1, 2022
spot_img

साना किसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

पढ्नै पर्ने सामाग्री


सुर्खेत। गुर्भाकोटस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ। गुर्भाकोट ८ को सिटीहलमा संस्थाले शनिवार आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

- Advertisement -

साधारण सभाका प्रमुख अतिथि तथा गुर्भाकोट ८ का वडाध्यक्ष चित्र बहादुर रेग्मीले सहकारी संस्थालाई शेयरधनीहरुको हितलाई मध्यनजर गर्दै पारदर्शी र सबल सहकारी संस्था बनाउन सञ्चालक समितिलाई अनुरोध गरे। 

- Advertisement -

साधारण सभामा संस्थाका अध्यक्ष ज्ञान बहादुर कामीले वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक खगेन्द्र घर्तीमगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।  अध्यक्ष कामी र लेखा संयोजक घर्तीको वार्षिक र आर्थिक प्रतिवेदनलाई साधारण सभाले पारित गरेको छ।

साधारण सभालाई गुर्भाकोट ७ का वडाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि बिर्ख बहादुर सार्कीले पनि सम्बोधन गरेका थिए।  

छिमेकी वडा तथा पालिका अन्तर्गत कृषि सहकारी संस्थाका प्रतिनिधिहरू उपस्थिति भएको साधारण सभा समारोह संस्थाका कोषाध्यक्ष हेमन्त शर्माले सञ्चालन गरेका थिए।

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments