Saturday, October 1, 2022
spot_img

सिम्ता गाउँपालिका अध्यक्ष केसी एमाले सुर्खेतको सचिव पदमा निर्वाचित

पढ्नै पर्ने सामाग्री

सुर्खेत। सिम्ता गाउँपालिकाका अध्यक्ष तथा एमाले नेता कविन्द्र कुमार केसी नेकपा एमाले सुर्खेतको सचिव पदमा निर्वाचित भएका छन्। बुधवार बिहान सार्वजनिक मत परिणाम अनुसार केसीले ३ सय ९० मत प्राप्त गरे। सचिव पदकै अर्का प्रत्यासी रेशम रानाले २ सय ३३ मत मात्र प्राप्त गरेका छन्।

- Advertisement -

एमालेको आठौं जिल्ला अधिवेशनमा नेतृत्वमा दाबी गर्ने आकांक्षी बढेपछि अध्यक्षमा अमृत बिसी र डण्डी प्रसाद शर्मा प्यानल सहित निर्वाचनमा होमिएका थिए। मत परिणाम अनुसार अध्यक्षमा बिसी ३ सय ६८ मत ल्याएर विजयी बने। उनको टिमबाट सचिव पदमा उम्मेदवारी दिएका केसीसँगै उपाध्यक्षमा कुलमणि देवकोटा, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली निर्वाचित भएका छन्।

Facebook Comments

- Advertisement -
- Advertisement -
spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments