Wednesday, November 30, 2022
spot_img

कर्णाली प्रदेश लगायतका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, हिमपात पनि हुने

पढ्नै पर्ने सामाग्री

काठमाडौं। आज बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही क्षेत्रमा वर्षा भएको छ। पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका बाँकी पहाडी भूभागमा बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी प्रदेशका पहाडी भूगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

- Advertisement -

- Advertisement -

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको आँकलन गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सूदूरपश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

-न्युज कारखाना

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments