सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं ६ स्थित चुगे खोलामा पक्की पुल बन्ने भएको छ। आज एक कार्यक्रमकाबीच नगरप्रमुख पुनले उक्त पुलको शिलान्यास गरे।
- Advertisement -



उक्त पुल (कल्भर्ट) निर्माणका लागि गुर्भाकोट नगरपालिकाले १० औं नगरसभाबाट ११ लाख बजेट विनियोजन गरेको थियो। चुगे खोलामा पुल नहुँदा गुर्भाकोट ६ को पूर्वी क्षेत्रका बासिन्दाले सास्ती भोग्दै आएका थिए। सातमुले देखि जारकाटे, सोत्तरखोली र तोरीबारी जोड्ने उक्त पुल बन्ने भएसँगै त्यस क्षेत्रका करिव ५ सय घरधुरी परिवार लाभान्वित हुने भएका छन्।
पुल शिलान्यास कार्यक्रममा गुर्भाकोट ६ का वडाध्यक्ष धनीराम जैसी, जनप्रतिनिधिहरु र स्थानीयवासीहरुको उपस्थिती थियो।
Facebook Comments
- Advertisement -
