Saturday, June 3, 2023
spot_img

ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

पढ्नै पर्ने सामाग्री

सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. ८ ले वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ। वडा कार्यालयले वडाभित्र स्थायी बसोबास भएका ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई बुधवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो।

- Advertisement -

कार्यक्रमकी प्रमुख अतिथि गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क.ले ज्येष्ठ नागरिकलाई स्थानीय सरकारको अपनत्व गराउने गरी स्थानीय सरकारले विभिन्न वडाहरूमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिएको बताइन्।

कार्यक्रमको अध्यक्षता गरेका वडाध्यक्ष चित्रबहादुर रेग्मीले ८ नं. वडा कार्यालयले विगत वर्षहरू देखि नै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै आइरहेको र यसवर्ष पनि गर्मी तथा वर्षायाममा प्रयोग हुने झुल तथा छाता वितरण गरिएको बताए।

कार्यक्रममा १ सय ५ जना ज्येष्ठ नागरिकलाई सम्मान सहित छाता, झुल र फ्रुटी वितरण गरिएको वडा कार्यालयका सचिव चिरञ्जीवी गौतमले जानकारी दिए।

कार्यक्रममा वडा सदस्यहरू नन्दलाल शर्मा, सशिला कार्की र गोपी कामीको पनि उपस्थिति रहेको थियो।

Facebook Comments

- Advertisement -
spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments