भेरीगंगा नगरपालिकाकाे छिन्चुमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ। रत्न अधिकारी स्मृति प्रतिष्ठानकाे आयाेजनामा आज शारदा मा.वि छिन्चुमा एकदिने स्वास्थ्य शिविर आयाेजना गरिएकाे हाे।
- Advertisement -



शिविरमा बरिष्ठ फिजिसियन डा.केएन पाैडेल, स्त्री राेग विशेषज्ञ डा. ललितजंग शाही, हाडजोर्नी विशेषज्ञ डा. किशाेर विष्ट, दन्तराेग विशेषज्ञ डा. बिमला खत्रीले बिरामीहरुकाे स्वास्थ्य चेकजाँच गर्नु भएकाे थियाे। शिविरमा गुर्भाकाेट, लेकबेशी र भेरीगंगा नगरपालिकाका सयाैं बिरामीले सेवा लिएकाे डा. बिमला खत्रीले बताउनु भयाे।
शिविर भेरीगंगा डेन्टल क्लिनिक, सुर्खेत अस्पताल प्रा.लि. र जिपी मेमाेरियल अस्पतालकाे प्राविधिक सहयाेगमा सम्पन्न भएकाे हाे।
Facebook Comments
- Advertisement -
