Saturday, October 1, 2022
spot_img

गुर्भाकोटमा मतदातालाई पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरी नियन्त्रणमा

पढ्नै पर्ने सामाग्री

सुर्खेत। मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई सुर्खेत प्रहरीले नियन्त्रणका लिएको छ । गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीले बुधवार राति पैसा बाँडिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

- Advertisement -

बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राती नै छापा हानेको थियो । प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

- Advertisement -

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments