Wednesday, November 30, 2022
spot_img

गुर्भाकोटको मेयरमा पुन र उपमेयरमा वि.क दोश्रो कार्यकालका लागि निर्वाचित

पढ्नै पर्ने सामाग्री

सुर्खेत। गुर्भाकोट नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार हस्त पुन र उपमेयर पदमा नेपाली काँग्रेसकै मैना वि.क निर्वाचित भएका छन्। मंगलवार सम्पन्न मतगणनामा मेयर उम्मेदवार पुनले ११ हजार ९ सय ७८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका तिलक बहादुर खत्रीले १० हजार १ सय ८६ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा निर्वाचित मैना वि.कले ११ हजार ७ सय ४३ मत प्राप्त गरिन। उनकी निकटतम प्रतिद्धन्द्धी शुसिला कुमारी विश्वकर्माले १० हजार २ सय ९९ मत प्राप्त गरिन। मेयरमा निर्वाचित पुन र उपमेयरमा निर्वाचित वि.क. दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

- Advertisement -

यसअघि पालिका भित्रका रहेका १४ वटा वडा मध्ये ११ वटा वडा जितेको काँग्रेसले यसपटक भने १० वटा वडामा मात्रै चित्त बुझाउनु परेको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं. १, ४ र ९ मा विजय हासिल गरेको नेकपा एमालेले वडा नं. ४ र वडा नं. ९ गुमाएको छ। वडा नं. ४ र ९ मा अघिल्लो कार्यकालमा वडाध्यक्ष निर्वाचित भएका प्रशन्न कुमार शाह र शशिराम भट्टराई दोश्रो कार्यकालका लागि यसपटक पराजित भए। उनीहरुको ठाउँमा वडा नं. ४ मा काँग्रेसका रामबहादुर डाँगी र वडा नं. ९ मा ज्ञान बहादुर खत्री निर्वाचित भए।

- Advertisement -

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले जितेका वडा नं. १०, ११ र १४ मा भने यसपटक नेकपा एमालेले बाजी मारेको छ। वडा नं. १० मा यसपटक एमालेका तर्फबाट थमन बहादुर खत्री, वडा नं. ११ मा एमालेका राजन वि.सि. र वडा नं. १४ मा एमालेका चन्द्र बहादुर घर्ति निर्वाचित भए। यसअघिको चुनावमा पनि एमालेले जितेको वडा नं. १ बाट एमालेकै राम बहादुर शाही निर्वाचित भएका छन्।

यस्तै वडा नं. २, ३, ५, ६, ७, ८, १२ र १३ मा क्रमशः नेपाली काँग्रेसका नोख बहादुर वली, ओम प्रकाश बुढा मगर, लाल बहादुर पुन, गोबिन्द वली, बासुदेव शर्मा, किरण कुमार वि.क, तुल्सी प्रसाद शर्मा र मधु गुरुंग निर्वाचित भएका छन्।

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments