Tuesday, March 21, 2023
spot_img

गुर्भाकोटमा मालबाहक ट्रक दुर्घटना

पढ्नै पर्ने सामाग्री

बिमला खत्री
बिमला खत्रीhttp://www.radioaarambha.com
बिमला खत्री रेडियो आरम्भ ९७.५ एफ. एमका लागि रिपोर्टर /प्रस्तोता हुन्। उनी स्थानीय विषयमा फिचर समेत लेख्छिन्।

सुर्खेत। गुर्भाकोटमा मालवाहक ट्रक दुर्घटनामा परेको छ। शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक गुर्भाकोट नगरपालिकाको वडा नं. ९ को भालुखोला चौपारी डाँडामा दुर्घटनामा परेको हो।

- Advertisement -

दुर्घटनाग्रस्त ट्रक सडकभन्दा ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। उक्त ट्रक मुनि २ जना मानिस च्यापिएको प्रहरीले जनाएको छ। उनीहरु गाडीका चालक–सहचालक हुन् वा अरु कोही हुन् भन्ने खुलेको छैन।

दुर्घटनास्थलमा क्रेन पठाउन थालिएको र क्रेनले ट्रक तानेपछि मात्रै च्यापिएका मानिसको बारेमा भन्न सकिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताउनु भयो।

दाङबाट सिमेन्ट र र सरिया लोड गरी उक्त ट्रक जाजरकोटका लागि छुटेको हो।

Facebook Comments

- Advertisement -
spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments