Wednesday, November 30, 2022
spot_img

बन्द प्रभावः बन्दकर्ता कतै देखिदैनन्, सुनसान गुर्भाकोटका बजार क्षेत्र

पढ्नै पर्ने सामाग्री

सुर्खेत। पूर्वी सुर्खेतको गुर्भाकोटका बजारहरुमा बन्दको प्रभाव देखिएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका चार कम्युनिष्ट पार्टीको आह्वानमा भएको नेपाल बन्दको प्रभाव गुर्भाकोटमा देखिएको हो।

- Advertisement -

गुर्भाकोट नगरपालिका क्षेत्रको मुख्य बजार मेहेलकुनामा आज बिहानैदेखि पसलहरु पूर्ण रुपमा बन्द छन् भने छोटो तथा लामो दूरीका सवारी साधनहरु ठप्प छन्। 

- Advertisement -

बजार क्षेत्रमा छिटपुट रुपमा मोटर साइकल र अटो रिक्साहरु चलेपनि बन्दको पूर्ण प्रभाव देखिएको छ। यद्यपि अहिलेसम्म कहींकतै बन्दकर्ताहरु देखिएका छैनन् भने यो समाचार तयार पार्दासम्म कतै अप्रिय घटनाहरु पनि भएका छैनन्।

बन्द आह्वानकर्ता दलहरुको यो क्षेत्रमा संगठन नभएकै कारण बन्दकर्ताहरु नदेखिएपनि त्रासकै कारण बजार र सवारी साधनहरु पूर्ण रुपले बन्द भएका हुन्।

गुर्भाकोट नगरपालिका भित्र रहेका सरकारी कार्यालयहरु खुलेका भएपनि सवारी साधन नचल्दा सेवाग्राहीहरु सेवा लिन आउन नसकेका कारण सुनसान छन्।

सरकारले एमसिसी सम्झौता लागू गरेको, विप्लव नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयन नगरेको र नागरिकता विधेयक लगायतका विषयमा विरोध जनाउँदै चार कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेका हुन्।

 

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments