Wednesday, November 30, 2022
spot_img

गुर्भाकोटका सीसीक्यामेराः १५ लाख खर्च, रातिमा काम गर्दैनन्

पढ्नै पर्ने सामाग्री

सूर्यदीप रेग्मी
सूर्यदीप रेग्मीhttp://www.deepsurya.com
रेग्मी रेडियो आरम्भ ९७.५ एफ.एम.का कार्यकारी निर्देशक र रेडियो आरम्भ डटकमका लागि सम्पादक हुन। उनी राजनीतिक र स्थानीय विषयमा कलम चलाउँछन्।

सुर्खेत। गुर्भाकोट नगरपालिकाले पालिकाका मुख्य बजार क्षेत्र मेहेलकुना र बोटेचौरमा सीसीक्यामेरा जडान गरेको छ। नगरपालिकाले बजार क्षेत्रमा चोरी, दुर्घटना र अन्य आपराधिक गतिविधिको निगरानी गर्न भन्दै अघिल्लो आर्थिक वर्षमा १५ लाख लगानी गरि बजार क्षेत्रमा सीसीक्यामेरा लगाएको हो।

- Advertisement -

पालिकाका मुख्य दुई बजार क्षेत्र मध्ये मेहलकुना बजारमा ५ वटा, बोटेचौर बजारमा ४ ओटा र बोटेचौर र मेहेलकुना बजारको बीचमा पर्ने खटाङ्ग चोकमा एउटा सीसीक्यामेरा लगाइएको छ।

- Advertisement -

पालिकाले लगाएका सीसीक्यामेराहरु मेहेलकुना स्थित प्रहरी चौकीमा कन्ट्रोल रुम स्थापना गरि मोनिटरिङ गर्ने व्यवस्था मिलाइएको छ। यद्यपि सीसीक्यामेरा राखेका स्थानमा सडक बत्ती नहुँदा रातिका दृष्यहरू अस्पष्ट हुने प्रहरीले जनाएको छ।

मेहेलकुना प्रहरी चौकीका इन्चार्ज बरिष्ठ प्रहरी नायब निरीक्षक कृष्ण खड्काले सिसिटिभी क्यामेरामा दिउँसोका दृष्यहरू प्रष्ट देखिने भएपनि रातिमा सडक बत्तिको उज्यालो नभएकै कारण दृष्यहरू अस्पष्ट हुने, सवारी साधनका नम्बर प्लेट नदेखिने समस्या भएको बताउनु भयो। तर सिसिटिभी क्यामेरा जडान गरेपछि बजारमा हुने गतिविधि हेर्न, चोरी नियन्त्रण, सवारी दुर्घटना तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सजिलो भएको खड्काको भनाई छ।

रातिको फुटेज पनि प्रष्ट देखिने बनाउन कम्तिमा क्यामेरा राखिएका स्थानमा सडक बत्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता बढ्दो छ। बजार क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध तथा दुर्घटना न्यूनीकरण गर्न सिसिटिभी क्यामेरा राख्नु राम्रो मानिए पनि सडक बत्तिको व्यवस्था नहुँदा सिसिटिभी क्यामेराको प्रभावकारितामा प्रश्न उठ्न थालेको छ।

 

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments