Wednesday, November 30, 2022
spot_img

सुन्दर गुर्भाकोटको कुरूप कथाः बजारको मुख्य सडकमै पोखरी

पढ्नै पर्ने सामाग्री

सुर्खेत। गुर्भाकोट नगरपालिकाको मुख्य बजार मेहेलकुनामा रहेको ग्लोबल आईएमई बैंक अगाडि सडकमा पानी जमेर पोखरी बनेको छ। सडकका खाल्डाखुल्डी मर्मत नहुँदा र नालीको निकास नहुँदा वर्षायाम सुरु भएदेखिनै  पानी जमेर पोखरी बनेको हो।

- Advertisement -

बजार क्षेत्र नै वर्षाको पानी जमेर पोखरी बनेपछि सडकमा आवतजावत गर्नेहरु र ग्लोबल आईएमई बैंकमा सेवा लिन आउने सेवाग्राहीहरु मर्कामा परेका छन्। बैंक अगाडि लामो समयदेखि पानी जमेकै कारण बैंकमा सेवा लिन आउने सेवाग्राहीलाई पार्किङको समेत समस्या पर्ने गरेको छ। सडक क्षेत्रमै खाल्डो परेर पानी जम्न थालेपछि सवारी साधन दुर्घटनाको त्रास समेत बढेको छ।

- Advertisement -

ग्लोबल आईएमई बैंक गुर्भाकोटका शाखा प्रबन्धक पदम तिमिल्सेनाले बैंक भाडाको घरमा भएकाले आफूहरूले पटक पटक घरधनीलाई जमेर पोखरी बनेको पानीको निकास निकाल्न आग्रह गरेको बताउनु भयो। तर बैंक रहेको घरका धनी रोशन मल्लले पानी जमेको क्षेत्र सडकको क्षेत्र भएकाले नगरपालिकाले खाल्डो पुरेर पानीको निकास निकाल्नु पर्ने जिकिर गर्नुभयो। यद्यपि आफ्नो घर अगाडि भएकाले नगरपालिकाले टिप्पर उपलब्ध गराए आफूले बालुवा गिट्टी किनेर भएपनि खाल्डो पुर्न सहयोग गर्ने मल्लको भनाई छ। नगरपालिकाले टिप्पर  उपलब्ध गराउँदा समस्याको समाधान निस्किने अवस्था भए आफूले पालिकामा समन्वय गरेर टिप्पर उपलब्ध गराउने गुर्भाकोट ८ का वडाध्यक्ष किरण कुमार वि.क.ले बताउनु भयो।

गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले भने नगरपालिकाले बैंक अगाडि र त्यस्तै खाल्डो परेर पानी जमेका क्षेत्रमा पहिलापनि ग्राभेल गरेको तर नाली नहुँदा त्यहाँ जम्ने पानीको निकास निकाल्न नसकिएका कारण पानी जम्ने समस्या भइरहेको बताउनु भयो। पालिकाले पानीको निकासका लागि सडक विभागसँग समन्वय गरिरहेको पनि मेयर पुनले बताउनु भयो। यद्यपि सडक विभागको क्षेत्राधिकार भएकाले यसको निकासका लागि यति नै समय लाग्छ भनेर भन्न सकिने अवस्था नरहेको मेयर पुनको भनाई छ।

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments