Wednesday, November 30, 2022
spot_img

काँग्रेस सुर्खेत १ ‘क’ बाट सिफारिस भएका उम्मेदवारः कसको योग्यता कति?

पढ्नै पर्ने सामाग्री

बिमला खत्री
बिमला खत्रीhttp://www.radioaarambha.com
बिमला खत्री रेडियो आरम्भ ९७.५ एफ. एमका लागि रिपोर्टर /प्रस्तोता हुन्। उनी स्थानीय विषयमा फिचर समेत लेख्छिन्।

सुर्खेत। नेपाली काँग्रेस सुर्खेत १ क प्रदेश सभा कार्यसमितिले प्रदेश सभा सदस्यको उम्मेदवारका लागि चार जनाको नाम सिफारिस गरेको छ। कार्यसमितिको बुधवारको बैठकले चारजना नेताको नाम क्षेत्रीय समितिलाई सिफारिस गरेको हो।

- Advertisement -

सिफारिस गरिएका मध्ये चित्र बहादुर रेग्मीको शैक्षिक योग्यता सबैभन्दा बढी देखिएको छ। रेग्मीले राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। उहाँ नेपाली काँग्रेसको कर्णाली प्रदेश कार्यसमिति सदस्य र बौद्धिक तथा पेशागत विभागको प्रमुखका रुपमा काम गर्दै आउनु भएको छ।

- Advertisement -

यसैगरी सिफारिस गरिएका केशर बहादुर वलीले स्नातक गर्नुभएको छ। उहाँले आफूले जनसंखया विषयमा स्नातक गरेको बताउनु भयो। वलीले नेपाली काँग्रेसको सुर्खेत १ क प्रदेश सभा कार्यसमितिको सभापतिको जिममेवारी सम्हाल्दै आउनु भएको छ।

यसैगरी टेक बहादुर सिंहले आफूले कक्षा बाह्र पास गरेको बताउनु भयो। सिंह नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति र अघिल्लो प्रदेश सभा निर्वाचनका उम्मेदवार हुनुहुन्थ्यो।

संभावित उम्मेदवारको सूचीमा सिफारिस गरिएका खड्क बहादुर पोखरेलले आफ्नो शैक्षिक योग्यता एसएलसी पास मात्रै रहेको बताउनु भयो। पोखरेल नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सभापति हुनुहुन्छ।

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments