Wednesday, November 30, 2022
spot_img

उपप्रमुखको नेतृत्वमा गुर्भाकोटका बजार अनुगमन, म्याद नाघेका खाद्यान्न नष्ट

पढ्नै पर्ने सामाग्री

सुर्खेत। गुर्भाकोटको मेहेलकुना बजार र बोटेचौर बजार अनुगमन गरिएको छ। गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क.को नेतृत्वमा शुक्रवार बजार क्षेत्रका खाद्य किराना पसलको अनुगमन गरिएको हो। 

- Advertisement -

अनुगमनका क्रममा करिब १ लाख ५० हजार बराबरका म्याद गुज्रेका खाद्य सामाग्री बरामद गरिएको थियो। जफत गरिएका खाद्य सामाग्री शुक्रवार नै नष्ट गरिएको छ। 

- Advertisement -

दशैंको बेला उपभोक्ताले खाद्य सामाग्री खरिद गर्ने र ती खाद्य सामाग्री  खरिद गर्दा म्याद गुज्रेका खाद्य सामाग्री पर्न सक्ने जोखिम भएकाले अनुगमन गरिएको उपप्रमुख वि.क.ले बताउनु भयो। पालिकावासीको स्वास्थ्यलाई ख्याल गर्दै अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरु जफत गरि नष्ट गरिएको वि.क.को भनाइ छ।

गुर्भाकोट नगरपालिकाले मेहेलकुना प्रहरी चौकी र बजार व्यवस्थापन समिति मेहेलकुनाको समन्वयमा बजार अनुगमन गरेको हो।

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments