spot_img
Saturday, October 18, 2025

घरजग्गा कारोबार गर्दा बैंक स्टेटमेन्ट र केवाइसी फाराम अनिवार्य

पढ्नै पर्ने

सुर्खेत। घरजग्गा कारोवार गर्दा अब बैंक स्टेटमेन्ट र कारोवारकर्ता (खरिदबिक्रिकर्ता) को केवाइसी फाराम अनिवार्य भर्नुपर्ने भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयलाई जेठ १४ गते निर्देशन सहितको पत्राचार गर्दै घरजग्गा कारोवार गर्दा बैंक स्टेटमेन्ट र केवाइसी फाराम अनिवार्य गरेको हो।

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशन–२०८२ लाई जेठ १३ गते स्वीकृत गर्दै विभागले सूचक संस्थाले घरजग्गा खरिद बिक्रिको कारोवार गर्दा क्रेता तथा बिक्रेता दुवैको केवाइसी फारम भर्न लगाई लिखतका साथ सिस्टममा अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्ता केवाइसी फारम भू–सेवा केन्द्र लागु भएका मालपोत कार्यालयहरुमा भू–सेवा केन्द्रले र भू–सेवा केन्द्र लागु नभएका कार्यालयमा कार्यालयको सर्भिस डेस्कले भर्न लगाई सिस्टममा अपलोड गर्न भनिएको छ।

यसैगरि घरजग्गा खरिद बिक्रिको कारोवार गर्दा १० लाख रुपैयाँ देखि माथि ५० लाख रुपैयाँ सम्मको कारोवार विद्युतिय भुक्तानी प्रणाली मार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। तर ५० लाख रुपैयाँ भन्दा बढी रकमको कारोवार विद्युतीय भुक्तानी प्रणाली मार्फत सोझै र चेक मार्फत गर्दा बिक्रिकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेक मार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।

विभागद्धारा जारी निर्देशनमा घरजग्गा खरीद बिक्रिको कारोवार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रिकर्ताको बैंक खातामा कारोवार बराबरको रकम जम्मा भएको प्रमाण (बैंक स्टेटमेन्ट) लिखतसाथ संलग्न राख्नुपर्ने उल्लेख गरिएको छ। घरजग्गा खरिद बिक्रिको कारोवार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेश गरेमा १० लाख रुपैयाँ भन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रिकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोवार प्रणाली मार्फत लेनदेन भएको विवरण बैनाबट्टाको कागजसाथ पेश गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ।

बैंक् मार्फत राजश्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाख भन्दा बढीको घरजग्गा खरिद बिक्रिको कारोवार गर्दा लाग्ने रजिष्ट्रेशन वापतको शुल्क र दस्तुर खरीदकर्ताको खाताबाट र लाभकर वापतको राजश्व बिक्रिकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजश्व खातामा जम्मा गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

1748925098सम्पत्तिशुद्धीकरण निर्देशन-२०८२

अन्य सामाग्रीहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

भर्खरै प्रकाशित