सुर्खेत। मालपोत कार्यालयको सिस्टममा समस्या देखिएपछि सेवाग्राहीले सास्ती पाएका छन् । मालपोत कार्यालय मेहेलकुनाको बायोमेट्रीकमा समस्या आएको हो ।
कार्यालयका कम्प्युटर अपरेटर हरि पराजुलीले गत बिहीवार देखि मेहेलकुना मालपोतको बायोमेट्रिकमा समस्या रहेको बताए । पराजुलीका अनुसार अनुसार औठाछाप लगाउने मेसिनमा समस्या भएका कारण अनिवार्य बायोमेट्रिक गर्नुपर्ने जग्गा प्रशासन सम्बन्धी सेवा प्रभावित भएको हो ।
देशभरकै समस्या भएका कारण विभागबाट समस्या समाधानका लागि कुनै सूचना जारी नभएकोले सोमवार पनि सेवा प्रवाह हुन्छ भन्न सक्ने अवस्था नरहेको मालपोत कार्यालय मेहेलकुनाले जनाएको छ।