spot_img
Saturday, October 18, 2025

शुभ साकोसको गत आर्थिक वर्षको समिक्षा कार्यक्रम सम्पन्न

पढ्नै पर्ने

सुर्खेत। पूर्वी सुर्खेतको अब्बल बचत तथा ऋण सहकारी संस्थाको परिचय बनाएको शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। गुर्भाकोट ८ मेहेलकुनामा शनिवार एक कार्यक्रमको आयोजना गरि संस्थाको गत वर्षको नीति कार्यक्रम र परिणाम माथि समिक्षा गरिएको हो।

कार्यक्रममा संस्थाका सचिव मेघराज शर्माले गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्थाबारेको प्रतिवेदन पेश गरेका थिए। नीति कार्यक्रममा समावेश गरिएका अधिकांश विषयमा लक्ष्य प्राप्तीको नजिक पुगेपनि संभावित वित्तीय संकट टार्न नीति कार्यक्रममा समावेश गरिएको बाह्य ऋण लिने विषयमा प्रवेश गर्नु नपरेको शर्माले बताए। यसैगरि आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष कृष्ण प्रकाश आर.सीले भाका नाघेको ऋण ५ प्रतिशत भन्दा तल झार्ने लक्ष्य लिईएको भएपनि त्यो लक्ष्य पुरा गर्न नसकिएको बताए, यद्यपि भाका नाघेको ऋणको ठुलोे मात्रामा उठाउन सकिएकोमा भने आर.सीले सन्तोष व्यक्त गरे।

समिक्षा कार्यक्रमका प्रमुख अतिथि गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले स्थानीय सरकार शुभ सहकारी जस्तो व्यवस्थित र पारदर्शी संस्थासँग कैयौ कार्यक्रममा साझेदारी गर्न तयार रहेको प्रतिवद्दता व्यक्त गरे।

यसैगरि संस्था अध्यक्ष देवेन्द्र शाहले पालिकाले सिप सिकाए युवा पुस्तालाई स्वरोजगार बनाउन लगानी आफूहरुको संस्थाले गर्नसक्ने बताए।

शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुर्भाकोटको सबैभन्दा ठूलो र अग्रणी सहकारी संस्था हो।

अन्य सामाग्रीहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

भर्खरै प्रकाशित