spot_img
Saturday, October 18, 2025

गुर्भाकोटमा अटो व्यवसायीलाई व्यवस्थित गर्न सरोकारवालाहरुको बैठक सम्पन्न

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिका भित्र सञ्चालित अटो रिक्सा व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाहरुबीच बैठक सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनको अध्यक्षतामा नगर प्रमुखकै कार्यकक्षमा सोमवार सम्पन्न बैठकले गुर्भाकोट नगरपालिका भित्र सञ्चालन हुने अटो रिक्साले तत्काल नगरपालिकाभित्र सूचीकरण गर्नुपर्ने निर्णय गरेको हो।

बैठकमा नगर प्रमुख पुनले गुर्भाकोट नगरपालिका भित्र सञ्चालित अटो रिक्साहरुलाई तत्काल सूचीकरणका लागि आह्वान गर्ने र व्यवस्थित गर्ने प्रक्रिया आजै देखि शुरु हुने बताए। नगर प्रमुख पूनले आगामी कार्तिक १५ गते शनिवारका दिन अटो रिक्सा वयवसायीहरुका लागि मेहेलकुनाको सिटीहलमा अनुशिक्षण कार्यक्रम समेत राखिने बताए।

कार्यक्रममा सरोकारवालाहरुले अटो रिक्साको अव्यवस्थित पार्किङ, चर्को भाडादर, काजगपत्रको नवीकरण र सवारीचालक अनुमति पत्र लगायतका समस्याका बारेमा चासो राखेका थिए। बैठकमा गुर्भाकोट अटो सेवा प्रा.लिका सञ्चालक मध्येका एकजना दिनेस सुनारले अटो रिक्सा व्यवसायीलाई व्यवस्थित गर्न आफ्नो समितिमा आवद्ध गर्ने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रममा नगर उपप्रमुख मैना वि.क, उद्योग शाखा प्रमुख आइती चौधरी, मेहेलकुना प्रहरी प्रमुख गणेष कठायत, ट्राफिक प्रतिनिधी, सञ्चारकर्मी, प्रशासन शाखाका कर्मचारी लगायतको उपस्थिति थियो।

अन्य सामाग्रीहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

भर्खरै प्रकाशित